सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

2021-12-24
सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। बैंकको गत कात्तिक १६ गते सम्पन्न १७ औँ वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस सेयर गत कात्तिक ४ गतेसम्म सेयर अभौतिकीकरण गरेका सेयरधनीहरुको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो। 

बैंकले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड क्लियरिङमा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। कात्तिक ४ गतेपश्चात अभौतिकीकरण गरे क्रमशः हितग्राही खातामा जम्मा गरिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ। 

यस्तै गत कात्तिक ४ गतेसम्म शेयर धितोमा बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा बोनस शेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाइ शेयरधनीको डिम्याट खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न अनुरोध गरिएको छ ।


Share this with your friends: