सांग्रिला डेभलपमेन्ट बैंकद्वारा दमक र नारायणपुरमा शाखा विस्तार

2021-11-16
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा दमक र नारायणपुरमा शाखा विस्तार

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले झापाको दमक नगरपालिका–६ दमक बजार तथा दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरमा शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ। 

बैंकले सोमबार ती दुवै शाखाबाट बैंकिङ कारोवार सुरु गरेको छ। दमक र नारायणपुर शाखा कार्यालय सञ्चालनमा आएसँगै ती क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ। 

यीसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०४ पुगेको छ।  

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ सुविधा दिँदै आएकोमा ती शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैंकिङ सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ। बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना बनाएको छ। 


Share this with your friends: