साधना लघुवित्तद्वारा लाभांस प्रस्ताव

2020-12-13
साधना लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। कम्पनीको गत मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य मुनाफाबाट लाभांस वितरणको प्रस्ताव गरेको हो। 
बैठकले कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। कुल २० प्रतिशत लाभांसमध्ये १९ प्रतिशतले हुन आउने ४ करोड १३ लाख ७८ हजार २०० रुपैयाँ र १ प्रतिशतले हुन आउने २१ लाख ७७ हजार ८०० रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। 
यो लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ।    

Share this with your friends: