साधना लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

2021-10-04
साधना लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको असोज १७ गते बसेको सञ्चाक समितिको बैठकले ५ औँ वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी कात्तिक १३ गते शनिबारका दिन गोरखा जिल्लामा रहेको होटल गोरखामा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ का लागि संस्थाको सञ्चालक समितिद्वारा प्रस्तावित २५ प्रतिशत बोनस सेयर र १.३२ प्रतिशत नगद लाभांस गरी कुल २६.३२ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । प्रस्तावित लाभांसमा हाल कायम रहेको चुक्तापूँजी २५ करोड ६९ लाख ८० हजार ४०० रुपैयाँको २५ प्रतिशतले हुन आउने ६ करोड ४२ लाख ४५ हजार १०० रुपैयाँबराबरको बोनस सेयर र १.३२ प्रतिशतले हुन आउने ३३ लाख ८१ हजार ३२१.०५ रुपैयाँ नगद लाभांस रहेका छन् । 

यस्तै भविष्यमा अन्य कुनै लघुवित्त एक आपसमा गाभ्ने÷गाभिने, प्राप्ति/समाहित हुने सम्बन्धि उपयुक्त प्रस्ताव आएमा यससम्बन्धि सम्पूर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । 

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षणको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनेछ । 

सभामा आर्थिक वर्ष २०७८/७८ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनुका साथै क समूहमा रहेका संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

संस्थाले वार्षिक साधारण सभा तथा लभांस वितरण प्रयोजनका लागि आगामी कात्तिक ३ गतेदेखि १३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । 

 


Share this with your friends: