सानिमा माई हाइड्रोको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2020-12-28
सानिमा माई हाइड्रोको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सानिमा माई हाइड्रो लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। 

नेप्सेले सेयरमूल्य समायोजन गर्दे कम्पनीको सेयरमूल्य प्रति कित्ता ३०७ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रति कित्ता ३३८ रुपैयाँ थियो। 

कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल १५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। जुन कम्पनीको आगामी पुस २३ गते बस्ने वार्षिक साधारण सभाबाट पारित गरि वितरण गरिनेछ। 

 


Share this with your friends: