सानिमा माई हाईड्रोद्वारा लाभांस प्रस्ताव, वार्षिक साधारण सभा र बुक क्लोज कहिले ?

2021-09-10
सानिमा माई हाईड्रोद्वारा लाभांस प्रस्ताव, वार्षिक साधारण सभा र बुक क्लोज कहिले ?

काठमाण्डौ । सानिमा माई हाइड्रो लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभा.स गरी कुल १०.५२६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । कम्पनीद्वारा प्रस्तावित लाभांसमा चुक्तापूँजीको १० प्रतिशतले हुन आउने २८ करोड ८ लाख ४१ हजार रुपैयाँबराबरको बोनस सेयर र ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ४७ लाख ८१ हजार १०५ रुपैयाँबराबरको नगद लाभांस रहेका छन् । 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 

कम्पनीले लाभांस वितरणको प्रस्ताव पारित गर्न आगामी कात्तिक ११ गते बिहिबारका दिन वार्षिक साधारण सभा गर्ने निर्णय समेत गरेको छ । लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी असोज १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र सभामा सहभागाी हुन योग्य हुनेछन् ।   


Share this with your friends: