सानिमा माई हाइड्रोको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-10-04
सानिमा माई हाइड्रोको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ ।  सानिमा माई हाइड्रो लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

संस्थाको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४०६.३६ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४४७ रुपैयाँ कायम थियो । 

संस्थाले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभास गरी कुल १०.५२६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीद्वारा प्रस्तावित लाभांसमा चुक्तापूँजीको १० प्रतिशतले हुन आउने २८ करोड ८ लाख ४१ हजार रुपैयाँबराबरको बोनस सेयर र ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ४७ लाख ८१ हजार १०५ रुपैयाँबराबरको नगद लाभांस रहेका छन् । 

प्रस्तावित लाभांस आगामी कात्तिक ११ गते आयोजना हुने कम्पनीको वार्षिक  साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।


Share this with your friends: