सानिमा जनरल इन्स्योरेन्सको बिमाशुल्कमा ८१.३४%को उछाल, मुनाफा कति ?

2020-08-13
सानिमा जनरल इन्स्योरेन्सको बिमाशुल्कमा ८१.३४%को उछाल, मुनाफा कति ?

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा १३ करोड ५५ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८१.३४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन ७ करोड ४७ लाख रुपैयाँ थियो। 


समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ५ करोड ९७ लाख रुपैयाँ आर्जन गरेको छ। जुन रकम गत वर्षको सोही अवधिको तुलनामा ४.३० प्रतिशतले कम हो। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ६ करोड २४ लाख रुपैयाँमा सीमित थियो। 


त्यस्तै समीक्षा अवधिमा कम्पनीले २ करोड ७३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ३५ लाख ९० हजार रुपैयाँ थियो। यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा कम्पनीले ६६१.६४ प्रतिशत धेरै खुद दाबी भुक्तानी गरेको छ। 


चौथो त्रैमासको अन्त्यसम्म कम्पनी ५ करोड ५६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा ५३.४० प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ३ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 


समीक्षा अवधिमा कम्पनीकोे व्यवस्थापन खर्च ३५.६६ प्रतिशतले बढेको छ। कम्पनीको व्यवस्थापन खर्च ९ करोड ४४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको व्यवस्थापन खर्च ६ करोड ९६ लाख रुपैयाँ थियो। 


त्यस्तै समीक्षा अवधिमा कम्पनीको बिमा कोषको आकार बढेर ५ करोड ७३ लाख रुपैयाँ भएको छ। यो आकार अघिल्लो वर्ष २ करोड ९६ लाख रुपैयाको थियोे।
कम्पनीको पुनर्बीमा कमिसनबापत आय ६ करोड ४० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो आय ४ करोड ८ लाख रुपैयाँ रहेको थियो। 


कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आय १ करोड ६३ लाख पुर्याएको छ। यस्तो आय अघिल्लो वर्ष ८६ लाख ६४ हजार रुपैयाँ थियो। 


अघिल्लो आर्थिक वर्ष १७ हजार ८११ वटा बीमालेख जारी गरेको कम्पनीले समीक्षा अवधिको वर्षमा ४२ हजार ३८३ वटा बीमालेख जारी गर्न सकेको देखिन्छ। 
  

 

 


Share this with your friends: