सानिमा लाइफद्वारा व्यतित बीमालेख नविकरण गर्दा पुर्ण छुट दिने घोषणा

2020-10-30
सानिमा लाइफद्वारा व्यतित बीमालेख नविकरण गर्दा पुर्ण छुट दिने घोषणा

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित भएका बीमालेख नविकरण वा पुनर्जागरण गर्दा पुर्ण छुट प्रदान गर्ने जनाएको छ।  

कम्पनीले कम्पनीबाट जारी बीमालेखको नविकरण बीमाशुल्क समयमा भुक्तानी गर्न छुटेका बीमालेखहरु मध्ये २०७७ भदौ ३० गते वा सो भन्दा अगाडि किस्ता तिर्नुपर्ने मिति भएका बीमालेखहरु व्यतित भएको भए उक्त बीमालेखको बीमाशुल्क मंसिर १५ गतेसम्म नविकरण गरी भुक्तानी गरेमा सो मा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिइने स्पष्ट पारेको छ। 

कम्पनीले उक्त अवधिभर किस्ता भुक्तानी गर्न छुटेका आफ्ना सम्पूर्ण ग्राहकहरुलाई शतप्रतिशत छुटको फाइदा लिन अनुरोध गरेको छ। कम्पनीले यससँग सम्बन्धित थप जानकारीका लागि नजिकको शाखा कार्यालय वा प्रधान कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ। 

 


Share this with your friends: