सानिमा इन्स्योरेन्सलाई आईपीओ निष्कासनको अनुमति

2020-09-22
सानिमा इन्स्योरेन्सलाई आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ। सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति प्राप्त गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ३० लाख कित्ता सेयर प्राथमिक निष्कासनका लागि अनुमति पाएको हो। 

अब सानिमाले चुक्तापूँजी १ अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात् ३० करोड रुपैयाँ बराबरको प्रतिकित्ता रु।१०० का दरले ३० लाख कित्ता सेयर निष्कासन गर्नेछ । 

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध एनआइसी क्यापिटलले गर्नेछ ।

 


Share this with your friends: