सानिमा बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत, कारोबार कहिले देखि ?

2021-02-21
सानिमा बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत, कारोबार कहिले देखि ?

काठमाण्डौ । सानिमा बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य रु. १००० कायम भएको ३० लाख  ५२ हजार ४०४ थान ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। 

“८.५ सानिमा डिवेन्चर” नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम फागुन ४ गतेको निर्णय बमोजिम सूचीकरण गरिएको हो। 

यससँगै आज(फागुन ०९ गते) नेप्से र कम्पनीबीच ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको छ। आज सूचीकरण सम्झौता सम्पन्न भएसँगै भोलिदेखि यो ऋणपत्रको कारोबार दोस्रो बजारमा सुरु हुनेछ।  

 


Share this with your friends: