सानिमा लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध

2021-04-23
सानिमा लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ।

सम्झौतापत्रमा सानिमा लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत अगम मुखिया र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्। 

सानिमा लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनपीआईसँग जोडेपछि इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डोर भुक्तानी, लगायत लगानी ट्रान्सफरसम्बन्धी कारोबारहरु रियल–टाइम तथा नन–रियलटाइममा आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ। यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीका बैंक खाताहरुबाट हुनेछन्। 

यसका साथै, सानिमा लाइफका बीमितहरुले आफ्नो बीमा (प्रिमियम) शुल्कको अनलाइन भुक्तानी कनेक्ट आईपीएसको वेबसाइट, मोबाइल एप तथा सदस्य बैंक वित्तीय संस्थाहरुको शाखाबाट गर्दै नै आएका छन्। 

वि.सं. २०७४ देखि सञ्चालनमा रहेको सानिमा लाइफ इन्स्योरेन्स, सानिमा बैंक तथा गैरआवासीय नेपालीहरू (एनआरएन) द्वारा प्रवद्र्धित कम्पनी हो। सानिमा लाइफ नेपालको जीवन बीमा क्षेत्रमा एक विश्वसनीय नाम हो र एनसीएचएलसँगको यस साझेदारीले डिजिटल इन्स्योरेन्स सेवाहरुमा पनि आफ्नो विशेष उपस्थिति गर्न मद्दत पुग्ने अपेक्षा गरेको छ।  

एनसीएचएल नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो। यसका एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस, कनेक्टर आईपीएस ई–पेमेन्ट, कनेक्ट आरटीजीएस, एनपीआई र कर्पोरेट पे प्रणाली सञ्चालनमा रहेका छन्। जसमा सबैजसो बैंक तथा वित्तीय संस्थाहरू आबद्ध भइसकेका छन्। 


Share this with your friends: