सानिमा लाइफद्वारा १.४४ अर्ब बीमाशुल्क आर्जन, बीमा कोषको आकार १४७.९६%ले बढाउन सफल

2021-05-10
सानिमा लाइफद्वारा १.४४ अर्ब बीमाशुल्क आर्जन, बीमा कोषको आकार १४७.९६%ले बढाउन सफल

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्ममा १ अर्ब ४४ करोड ८७ लाख २१ हजार ५७० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १५१.५८ प्रतिशतले धेरै हो। गत आ।वको तेस्रो त्रैमाससम्ममा कम्पनीले ५७ करोड ५८ लाख ४४ हजार ६७६ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ९ करोड ३९ लाख ८५ हजार ९९३ रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको तेस्रो त्रैमाससम्ममा यो रकम ४ करोड ३७ लाख ६६ हजार ३३८ रुपैयाँमा सीमित थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीले ८ करोड ५० लाख ५१ हजार ७८९ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम १४ करोड ९९ लाख ९४ हजार ७०० रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीले खुद नाफा बढाएको छ। तेस्रो त्रैमासको अन्त्यसम्म कम्पनी ९ करोड ३६ लाख ८६ हजार २३१ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा ११.७५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ८ करोड ३८ लाख ३८ हजार ०४८ रुपैयाँ मुनाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्ममा अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च बढेको छ।

कम्पनीको व्यवस्थापन खर्च १८ करोड ६९ लाख ५० हजार ५५९ रुपैयाँ छ। अघिल्लो वर्ष कम्पनीको व्यवस्थापन खर्च १३ करोड ६१ लाख ७६ हजार ९४४ रुपैयाँ थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बिमा कोषको आकार बढेर १ अर्ब ९२ करोड ३५ लाख ९४१ रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा १४७.९६ प्रतिशतले बढी हो।

अघिल्लो वर्ष कम्पनीको जीवन बिमा कोषको आकार ७७ करोड ५७ लाख २९ हजार १९२ रुपैयाँमा सीमित थियो। अघिल्लो वर्ष १२ करोड ४९ लाख १५ हजार ५६६ रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर २० करोड ६३ लाख २१ हजार ५८४ रुपैयाँको उचाइमा पुगेको छ। त्यस्तै समीक्षा अवधिसम्म कम्पनीले ३४ हजार ६७६ बिमालेख संख्या जारी गरेको छ।

अघिल्लो वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले २३ हजार २७१ बिमालेख जारी गरेको थियो। 

 


Share this with your friends: