सानिमा लाइफले डाक्यो वार्षिक साधारण सभा, आईपीओ निष्कासन मुुख्य अजेन्डा

2021-05-16
सानिमा लाइफले डाक्यो वार्षिक साधारण सभा, आईपीओ निष्कासन मुुख्य अजेन्डा

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी जेठ २३ गते आइतबारका दिन कमलादीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कम्पनी रजिष्ट्रारको कार्यालय, बीमा समिति वा अन्य कुनै नियमनकारी निकायबाट फेरबदल वा संसोधन गर्न निर्देशन भएमा सो बमोजिम कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसका साथै आ.व २०७५/७६ को लेखापरीक्षणको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७६/७७ का लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

 


Share this with your friends: