सानिमा बैकको मोबाइल बैंकिङ एपमा रेमिट्यान्स सेवा उपलब्ध

2021-06-01
सानिमा बैकको मोबाइल बैंकिङ एपमा रेमिट्यान्स सेवा उपलब्ध

काठमाण्डौ । सानिमा बैक लिमिटेडले मोबाइल बैंकिङ एप सानिमा सजिलो ई–बैंकिङबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ। जसअन्तर्गत सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैंकिङ एपमा थप गरिएको छ। 

यो सेवा सञ्चालनमा आएसँगै बैंकका ग्राहकले आन्तरिक रेमिट्यान्स सोझै मोबाइल बैंकिङ एपबाट पठाउन सक्नेछन्। रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैंकिङ एपमा रहेको ‘सेन्ड रेमिट्यान्स’मार्फत सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुवै सुविधामध्ये एक रोज्न सक्नेछन्। यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ। 

यसका साथै मोबाइल बैंकिङ एपमा रहेको ‘रिसिभ रेमिट्यान्स’ प्रयोग गरी देश तथा विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै आफ्नो बैंक खातामा संकलन वा प्राप्त गर्न सक्नेछन्। 

ग्राहकले देशका ७७ जिल्लामा रहेका १६ हजार आधिकारिक एजेन्टहरुमार्फत रेमिट्यान्स रकम संकलन गर्न सक्नेछन्। सानिमा बैंकको रेमिट्यान्स सेवा सानिमा सजिलो ई–बैंकिङको वेभ भर्सनमा पनि उपलब्ध छ। 

सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९६ वटा एटीएम सञ्चालनमा रहेका छन्।


Share this with your friends: