सानिमा लाइफद्वारा मृत्यु दाबी भुक्तानी

2021-07-22
सानिमा लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको चौतारा शाखाले मृतक बीमितको परिवारलाई मृत्यु दावी भुक्तानी गरेको हो । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३ ठुलो सिरुवारीका मृतक कृष्ण प्रसाद खनालको श्रीमती बिष्णुमाया तिमल्सिनालाई मृत्युदाबी मृत्यू दावी वापतको रु.५ लाख हस्तान्तरण गरेको हो । उक्त दाबी भुक्तानीको  चौतारा स्थित उपशाखा कार्यालयमै हस्तान्तरण गरिएको हो । 

उक्त रकम मृतक बीमितकी श्रीमती बिष्णु माया तिमल्सिना लाई प्रदान गरिएको हो । 

मृतक बीमित कृष्ण प्रसाद खनालले गत मंसिर ८ गते चौतारा उपशाखा कार्यालयबाट ५ लाख रुपैयाँ बीमाङकको सानिमा दम्पती बीमा योजना खरीद गरेका थिए । 

चेक हस्तान्तरण कार्यक्रममा  ३ नम्बर रिजनल म्यानेजर बलराम खत्री तिमल्सिना ,प्रबन्धक सुजता सापकोटा,एमडिआरटि एनबि गुरुङ दिपकराज गिरि सिनियर एजेन्सी म्यानेजर सोनिया केसि , मेगा बैंकका शाखा प्रमुख रामकृष्ण पराजुली लगायतको उपस्थिति रहेको थियो ।  


Share this with your friends: