काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(साउन २४ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन २० गतेदेखि आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँबराबरको रु। १०० रुपैयाँ अंकित दरका ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । कुल निष्कासनको ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुका लागि र अर्को ५ प्रतिशत अर्थात ३ कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित राखि बाँकी ५४ लाख कित्ता सेयर आम सर्वसाधारण का लागि जारी गरिएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।