सानिमा लाइफको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

2021-09-01
सानिमा लाइफको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । हाले आईपीओ निष्कासन गरेको सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। कम्पनीको २ करोड कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो। 

नेप्से र कम्पनीबीच आज(भदौ १६गते) प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको २ करोड कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो। कम्पनीले आम सर्वसाधारणका लागि वितरण गरेको ६० लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको १ करोड ४० लाख कित्ता गरी कुल २ करोड कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो। 

नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम भदौ १५ गतेको निर्णयानुसार कम्पनीको सेयर सूचीकृत भएको जनाएको छ। 

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज प्रतिकित्ता १०३.१७ रुपैयाँदेखि ३०९.५१ रुपैयाँ तोकेको छ। यस्तै आज नेप्से र कम्पनीबीच सेयर सूचीकरण सम्झौता सम्पन्न भएको छ। भोलिको प्रि ओपन सेसनमा यदि नेप्सेले तोकेको ओपनिङ रेञ्जभित्र कम्पनीको सेयर कारोबार भएमा कम्पनीको सेयर कारोबार नियमित समयमा सुचारु हुनेछ।


Share this with your friends: