सानिमा जनरलको मुनाफा ९५.६५%ले बढ्यो, बीमाशुल्क आर्जनमा ७३.२८%को वृद्धि

2022-02-08
सानिमा जनरलको मुनाफा ९५.६५%ले बढ्यो, बीमाशुल्क आर्जनमा ७३.२८%को वृद्धि

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको अन्त्यसम्ममा १४ करोड ८१ लाख ७७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७३.२८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ८ करोड ५५ लाख १५ हजार रुपैयाँ थियो। 

समीक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत १ करोड १७ लाख ३५ हजार रुपैयाँ आर्जन गरेको छ। जुन रकम गत वर्षको सोही अवधिको तुलनामा ४७.६५ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ७९ लाख ४८ हजार रुपैयाँमा सीमित थियो।

त्यस्तै समीक्षा अवधिसम्म कम्पनीले ३ करोड ५५ लाख ६ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम २ करोड १७ लाख ६४ हजार रुपैयाँ थियो। यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा कम्पनीले ६३.१४ प्रतिशत बढी खुद दाबी भुक्तानी गरेको छ। 

दोस्रो त्रैमासको अन्त्यसम्म कम्पनी ५ करोड ८० लाख ७८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा ९५.६५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले २ करोड ९६ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिसम्म कम्पनीको व्यवस्थापन खर्च ४३.१८ प्रतिशतले बढेको छ। कम्पनीको व्यवस्थापन खर्च ६ करोड ९३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीको व्यवस्थापन खर्च ४ करोड ८४ लाख ३६ हजार रुपैयाँ थियो। 

त्यस्तै समीक्षा अवधिसम्ममा कम्पनीको बीमा कोषको आकार बढेर १२ करोड १८ लाख १५ हजार रुपैयाँको उचाईमा पुगेको छ। यो आकार अघिल्लो वर्षको सोहि अवधिसम्ममा ७  करोड १४ लाख ७८ हजार रुपैयाको थियो। कम्पनीको जगेडा तथा कोषको आकार ७७.०८ प्रतिशतले बढेर ११ करोड १८ लाख ४ हजार रुपैयाँको भएको छ। 

अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३५ हजार ५५० बीमालेख जारी गरेको कम्पनीले समीक्षा अवधिसम्ममा ४५ हजार ७५२ बीमालेख जारी गरेको छ। 

यसैगरी कम्पनीको प्रतिसेयर आम्दानी ११.६२ रुपैयाँ, पिई अनुपात ५४.५१ गुणा, प्रतिसेयर नेटवर्थ १२४.३० रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७९.१२ रुपैयाँ रहेको छ।


Share this with your friends: