सानिमा लाइफद्वारा मृत्यु दाबी भुक्तानी

2022-03-20
सानिमा लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । सानिमा लाइफ इन्ूस्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको टिकापुर शाखाले स्वर्गीय बीमित गौरीप्रसाद भाटकी श्रीमती पवित्रा भाटलाई मृत्यु दाबीबापत २ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । 

कम्पनीले लम्बी चुहा ०४ मा रहेको मृतक बीमितकै घरमै गएर बीमा दाबीबापतको रकम प्रदान गरेको हो । टिकापुर शाखाका शाखा प्रबन्धक श्रद्धा जोशीले २ लाख रुपैयाँबराबरको चेक हस्तान्तरण गरेकी हुन् । चेक हस्तान्तरण गर्दै उनले सानिमा लाइफले मृत्यु दावी भुक्तानी छिटो छरितो गर्ने कम्पनी को मुख्या लक्ष्य भएको बताइन् ।

सो कार्यक्रम मा सानिमा लाइफ टिकापुर शाखाका शाखा प्रबन्धक श्रद्धा जोशी, बजार अधिकृत तुलिराम चौधरी र एजेन्सी मेनेजर बिष्ण जोशी लगायत स्थानियाको उपस्थिति रहेको थियो।


Share this with your friends: