सारथी नेपाल र सूर्योदय लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-04-01
सारथी नेपाल र सूर्योदय लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले यी दुई संस्थाद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।

सारथी नेपाल लघुवित्तद्वारा प्रस्तावित ८.१३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता १५९६ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता १७२९ रुपैयाँ कायम थियो। 

त्यस्तै सूर्योदय लघुवित्तद्वारा प्रस्तावित १५.३५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता रु.१९६० कायम गरेको छ। अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता २२६१ रुपैयाँ थियो।  

 


Share this with your friends: