साल्ट ट्रेडिङको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2022-03-28
 साल्ट ट्रेडिङको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत १४ गते)अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(चैत १५ गतेदेखि ३० गतेसम्म) बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ का लागि १० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांस गरी कुल १०.५० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। 

यो लाभांस बैंकको आगामी चैत ३० आयोजना हुने ५५ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ। 


Share this with your friends: