साल्ट ट्रेडिङको सेयरमूल्य समायोजन

2020-11-30
साल्ट ट्रेडिङको सेयरमूल्य समायोजन

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरेको २५ प्रतिशत बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन गरिएको हो। 

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै प्रति कित्ता ६ हजार रुपैयाँ कायम गरेको हो। यो कम्पनीको अन्तिम कारोबार मूल्य ७ हजार ५ सय रुपैयाँ थियो। 

कम्पनीले आ.व २०७५/७६ का लागि २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांस गरी कुल ३५ प्रतिशत लाभांसको प्रस्ताव गरेको छ ।

कम्पनीले चुक्तापुँजीको २५ प्रतिशतले हुन आउने ३ करोड ८३ लाख ९३ हजार ९५० रुपैयाँबराबरको बोनस सेयर र १० प्रतिशतले हुन आउने १ करोड ५३ लाख ५७ हजार ५८० रुपैयाँबराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

कम्पनीद्वारा प्रस्तावित लाभांस मंसिर ३० गते भर्चुअल जुम मिटिङ मार्फत आयोजना हुने वार्षिक साधारण सभाबाट पारित हुनेछ । 


Share this with your friends: