साल्ट ट्रेडिङ र फर्स्ट माइक्रोफाइनान्सको बोनस सेयर नेप्सेमा सूचीकृत

2021-01-27
साल्ट ट्रेडिङ र फर्स्ट माइक्रोफाइनान्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र  फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएका छन्। साल्ट ट्रेडिङले आ.व २०७५/७६ का लागि वितरण गरेको २५ प्रतिशत बोनस सेयर र फर्स्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्षका लागि वितरण गरेको ९.५० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो।

नेप्सेमा सूचीकृत भएको बोनस सेयरमा साल्ट ट्रेडिङको ३ लाख ८४ हजार ४८८ र फष्र्ट माइक्रोफाइनान्सको ७ लाख ६० हजार ७०४.५४ कित्ता बोनस सेयर रहेका छन्। 

 


Share this with your friends: