सिटिजन्स बैंकका ग्राहकलाई द एभरेष्ट होटेलमा विशेष छुट

2021-09-27
सिटिजन्स बैंकका ग्राहकलाई द एभरेष्ट होटेलमा विशेष छुट

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक ग्राहकले काठमाण्डौको बानेश्वरस्थित द एभरेष्ट होटेलमा सेवासुविधा लिँदा विशेष छुट पाउने भएका छन्।

सिटिजन्स बैंक र द एभरेष्ट होटेलबीच बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहकले द एभरेष्ट होटेलको सेवासुविधामा विशेष छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ। 

हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुका लागिसमेत घरमै बसी निःशुल्क मोबाइल बैंकिङमार्फत डेबिट कार्डका लागि आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ। मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी र मुद्दति खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८३ वटा शाखा, १२१ वटा एटीएम र १११ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब साढे १२ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ। 


Share this with your friends: