सिटिजन्स बैंकद्वारा नगद लाभांस रकम बुझिलिन आग्रह

2022-02-13
सिटिजन्स बैंकद्वारा नगद लाभांस रकम बुझिलिन आग्रह

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले आर्थिक वर्ष २०७२÷७३ को नगद लाभांस कतिपय सेयरधनीहरुले हालसम्म पनि बुझिलिन बाँकी रहेकाले उक्त नगद लाभांस नलिएकाले बुझिलिन आग्रह गरेको हो । 

यसका लागि संस्थाले आफ्नो सेयर प्रमाणपत्रका साथ आफ्नो कुनै परिचयपत्र लिई वा सेयर बिक्री गरिसकेका सेयरधनीहरुले आवश्यक कागजातसहित संस्थाको सेयर रजिष्ट्रार सीबीआइएल क्यापिटल लिमिटेड डिल्लीबजार काठमाण्डौमा सम्पर्क राख्न आग्रह गरेको छ । 

अन्यथा उक्त नगद लाभांस लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ । 


Share this with your friends: