सिटिजन्स बैंकको ८% बोनस सेयर नेप्सेमा सूचीकृत

2021-01-27
 सिटिजन्स बैंकको ८% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकले आफ्ना सेयरधनीलाई वितरण गरेको ८ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। 

बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ८ प्रतिशत अर्थात ७२ लाख ७१ हजार ८५३.८३१८ कित्ता बोनस सेयर वितरण गरेको थियो। बैंकले चुक्तापुँजी ९ अर्ब ८ करोड ९८ लाख १७ हजार २९० रुपैयाँको ८ प्रतिशतले हुन आउने ७२ करोड ७१ लाख ८५ हजार ३८३.१८ रुपैयाँबराबरको बोनस सेयर र ३ प्रतिशतले हुन आउने २७ करोड २६ लाख ९४ हजार ५१८.६९ रुपैयाँबराबरको नगद लाभांश ९लाभांश करसहित० वितरण गरेको थियो। 

 

 


Share this with your friends: