सिटिजन बैंकद्वारा बुक क्लोज मिति तय, लाभांस प्राप्त गर्न कहिलेसम्म बन्ने सेयरधनी ?

2021-09-29
सिटिजन बैंकद्वारा बुक क्लोज मिति तय, लाभांस प्राप्त गर्न कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाण्डौ । सिटिजन बैंक इन्टरनेशनल लिमिटेडले बुक क्लोज मिति तय गरेको छ । बैंकले वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको हो । 

बैंकको आगामी १५ औँ वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि यहि असोज २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरिएको छ । यसर्थ असोज २१ गतेसम्म कायम सेयरधनीहरुमात्रै बैंकद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन योग्य हुनेछन् । 

सिटिजन बैंकको सञ्चालक समितिको गत असोज ८ गते बसेको बैठकले गत आर्थिक वर्षका लागि १२.९१३ प्रतिशत बोनस सेयर र ३.०८७ प्रतिशत नगद लाभांस वितरणको प्स्ताव गरेको छ । 


Share this with your friends: