काठमाण्डौ । सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित १२.९१३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३५२.४८ रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ३९८ रुपैयाँ कायम थियो ।
बैंकले गत आर्थिक वर्ष २०७७/७८ का लागि १२.९१३ प्रतिशत बोनस सेयर र ३.०८७ प्रतिशत नगद लाभांस गरी कुल १६ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ ।