सिभिल बैंकको सीईओमा पोखरेल नियुक्त

2021-06-11
सिभिल बैंकको सीईओमा पोखरेल नियुक्त

काठमाण्डौ । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन्।

बैंकको सञ्चालक समितिको जेठ २७ गते बसेको बैठकले पोखरेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनलाई असार १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरिएको हो। 

यसअघिका सीईओ गोविन्द गुरुङले पदबाट राजीनामा दिएपछि पोखरेललाई गत वैशाख १८ गतेदेखि कामु सीईओको जिम्मेवारी प्रदान गरिएको थियो। कामु सीईओ बन्नुुअघि उनी बैंकको नायब सीईओको रुपमा कार्यरत थिए ।

अनुभवी बैंकरका रुपमा परिचित पोखरेलले  आफ्नो बैंकिङ करिअरको सुरुवात तत्कालीन ग्रिन्डलेज बैंक (हालको स्ट्यान्डर्ड चार्टर्ड बैंक)मा सन् १९९१ बाट गरेका थिए। 

तत्कालीन ग्रिन्डलेज बैंकपछि उनी एनआईसी एशिया बैंकमा झन्डै ५ वर्ष र नबिल बैंकमा १ वर्ष काम आवद्ध रहे । 


Share this with your friends: