सिभिल बैंकका नवनियुक्त सीईओ पोखरेलद्वारा पदभार ग्रहण

2021-07-04
सिभिल बैंकका नवनियुक्त सीईओ पोखरेलद्वारा पदभार ग्रहण

काठमाण्डौ । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा आगामी चार वर्षका लागि नियुक्त सुनिल कुमार पोखरेलले पदभार ग्रहण गरेका छन् । उनले गत असार १८ गते पदभार ग्रहण गरेका हुन् । बैंकको गत जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार बैंकको सीईओ पदमा पोखरेललाई नियुक्त गरिएको हो ।  

यसअघिका सीईओ गोविन्द गुरुङले पदबाट राजीनामा दिएपछि पोखरेललाई गत वैशाख १८ गतेदेखि कामु सीईओको जिम्मेवारी प्रदान गरिएको थियो। कामु सीईओ बन्नुुअघि उनी बैंकको नायब सीईओको रुपमा कार्यरत थिए ।

अनुभवी बैंकरका रुपमा परिचित पोखरेलले  आफ्नो बैंकिङ करिअरको सुरुवात तत्कालीन ग्रिन्डलेज बैंक (हालको स्ट्यान्डर्ड चार्टर्ड बैंक)मा सन् १९९१ बाट गरेका थिए। 

तत्कालीन ग्रिन्डलेज बैंकपछि उनी एनआईसी एशिया बैंकमा झन्डै ५ वर्ष र नबिल बैंकमा १ वर्ष काम आवद्ध रहेका थिए । 


Share this with your friends: