काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडको सेयर संरचना परिवर्तन गरिएको छ । सेयर संरचना परिवर्तन गर्दै कम्पनीको ७ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। कम्पनीको ७ लाख ६३ हजार २६३ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको हो।
रुपान्तरणपश्चात कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ५२ प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४८ प्रतिशत कायम भएको छ।