सिवाईसी नेपाल लघुवित्तको आईपीओ बाँडफाँड

2022-04-28
सिवाईसी नेपाल लघुवित्तको आईपीओ बाँडफाँड

काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ। 

संस्थाको आईपीओ आज(वैशाख १५ गते)धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको हो । 

संस्थाको आईपीओमा कुल २२ लाख ५ हजार ६३३ आवेदकले २ करोड ४५ लाख २० हजार १४० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए। तीमध्ये २२ लाख २ हजार ३६१ आवेदन सदर भएको छ भने ३ हजार २७२ आवेदन बदर भएको क्यापिटलले जनाएको छ ।

मागभन्दा बढी आवेदन परेकाले आईपीओको बाँडफाँड गोलाप्रथाबाट गरिएको छ। सदर आवेदकमध्ये ३६ हजार ९४८ जना आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। यीमध्ये २० कित्ताभन्दा बढी सेयर खरिदका लागि आवेदन दिने ८ जनाले थप १–१ कित्ता सेयर पाएका छन्। 

बाँकी २१ लाख ६५ हजार ४१३ जना आवेदकको हात भने खाली भएको छ। 

संस्थाले गत वैशाख २ गतेदेखि आम सर्वसाधारणका लागि ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँबराबराको रु।१०० अंकित दरका ३ लाख ९५ हजार ३३६ कित्ता सेयर आईपीओ निष्कासन गरेको थियो । 

निष्कासन गरिएको कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता म्युचुअल फन्डका लागि र बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।


Share this with your friends: