सूर्या लाइफद्वारा २० लाख बढी मृत्यु दाबी भुक्तानी

2022-01-03
सूर्या लाइफद्वारा २० लाख बढी मृत्यु दाबी भुक्तानी

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयले एक कार्यक्रमको आयोजना गरी पाख्रीबास नगरपालिका वडा नं. ७ का मृतकबीमित कृष्ण बहादुर थापाको बहिनी गंगा थापालाई मृत्युदावी रकम हस्तान्तरण गरेको हो । 

बीमित थापाले १० लाख रुपैयाँ बीमाङ्कको बीमालिएको ६ मिहिना नबित्दै सडक दुर्घटनाको कारण मृत्यु भएको थियो । कम्पनीले बीमाङ्क बापतको  १० लाख रुपैयाँ, दुर्घटना सुविधा बापत  १० लाख रुपैयाँ र बोनस बापत  ४८,००० रुपैयाँ थप गरी एकमुष्ठ  २० लाख ४८ हजार रुपैयाँ बीमितले इच्छाएको व्यक्ति  गंगाथापालाई हस्तान्तरण गरेको बीमा कम्पनीले जनाएको छ । 


स्व.बीमितको परिवारलाई सूर्या लाइफइन्स्योरेन्स कम्पनीका बरिष्ठ सहायक महाप्रवन्धक नरोत्तम ढकाल मार्फत कम्पनी सचिव भरत के।सी।, दावी बिभाग प्रमुख राजु राजचल र दावी विभागका कर्मचारी  तारणी कटुवालको उपस्थितिमा चेक हस्तान्तरण गरेको कप्पनीले जनाएको छ । 


Share this with your friends: