सेञ्चुरी कमर्सियल बैंकको सेयर संरचना परिवर्तन

2022-03-27
सेञ्चुरी कमर्सियल बैंकको सेयर संरचना परिवर्तन

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको सेयर संरचना परिवर्तन गरिएको छ । सेयर संरचना परिवर्तन गर्दै बैंकको २२ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। बैंकको २२ लाख ९७ हजार ६८३ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो। 

परिणतपश्चात बैंकमा संस्थापक सेयरधनीको स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४९ प्रतिशत कायम भएको छ। 


Share this with your friends: