सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

2022-05-18
सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(जेठ ४ गते)अन्तिम दिन रहेको छ । बैंकले गत वैशाख २१ गतेदेखि निष्कासन गरेको १ हजार रुपैयाँ अंकित दरका कुल २२ लाख कित्ता भएको १० वर्षे अवधिको  ‘ सेञ्चुरी डिबेन्चर २०८८’नामक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  

कुल निष्कासनमध्ये १३ लाख २० हजार इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ८ लाख ८० हजार इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ।  सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये १० हजार इकाइ सामूहिक लगानी कोषलाई बाँडफाँड गरी बाँकी रहेको ८ लाख ७० हजार इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ । 

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। 

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा ८ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक १०.५०  प्रतिशत ब्याज प्राप्त गर्नेछन् । 

यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।   


Share this with your friends: