सेञ्चुरी कमर्सियल बैंकका सीईओ गौतमद्वारा राजीनामा

2021-07-05
सेञ्चुरी कमर्सियल बैंकका सीईओ गौतमद्वारा राजीनामा

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)तुलसीराम गौतमले राजीनामा दिएका छन् । गौतमले असार २० गते बसेको सञ्चालक समितिको बैठकमा आफ्नो राजीनामा पेश गरेका हुन् । 

उक्त राजीनामा सञ्चालक समितिमा विचाराधिन रहेको बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । 

तुलसीराम गौतम वि.स २०७५ सालदेखि बैंकको सीईओको रुपमा कार्यरत छन् । 


Share this with your friends: