सेञ्चुरी कमर्सियल बैंकद्वारा पुरानो लाभांस रकम बुझिलिन आग्रह

2021-08-12
सेञ्चुरी कमर्सियल बैंकद्वारा पुरानो लाभांस रकम बुझिलिन आग्रह

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ५ वर्ष पुरानो लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंक र बैंकले प्राप्ति गरेका संस्थाहरुले विगतका विभिन्न आर्थिक वर्षहरुमा पारित गरेको नगद लाभांस ५ वर्ष बितिसक्दा पनि सेयरधनीहरु लिन नआएका कारण उक्त लाभांस रकम बुझिलिन आग्रह गरेको हो । बैंकले प्राप्ति गरेको संस्थाहरु अरनिको डेभलपमेन्ट बैंक, इनोभेटिभ डेभलपमेन्ट बैंक, अल्पाइन डेभलपमेन्ट बैंक, सेति फाइनान्स लिमिटेड र सगरमाथा फाइनान्स लिमिटेड रहेको छन् । 

बैंकले लाभांस पूर्जा लिएर पनि लाभांस रकम सटही नगरेका सेयरधनीहरुलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको सेयर विभागमा सम्पर्क राखि लाभांस बुझिलिन अनुरोध गरेको छ । यदि उक्त मितिभित्र पनि लाभांस रकम बुझिलिन नआएमा बाँकी रहन गएको लाभांस रकम प्रचलित कानुन व्यवस्था बमोजिम भई जाने बैंकले जनाएको छ ।  


Share this with your friends: