सेञ्चुरी कमर्सियल बैंकद्वारा लाभांस प्रस्ताव

2021-12-17
सेञ्चुरी कमर्सियल बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले गत आर्थिक वर्ष २०७७/७८ सम्म कायम चुक्तापूँजीको ५.७५ प्रतिशत बोनस सेयर र ०.३० प्रतिशत नगद लाभांस गरी कुल ६.०५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । बैंकद्वारा प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी ९ अर्ब ३ करोड ४४ लाख २९ हजार ५०२.५० रुपैयाँको ५.७५ प्रतिशतले हुन आउने ५१ करोड ९४ लाख ७९ हजार ६९६.३९ रुपैयाँबराबरको बोनस सेयर र ०.३० प्रतिशतले हुन आउने २ करोड ७३ लाख ४१ हजार ०३६६५ रुपैयाँबराबरको नगद लाभांस(कर प्रयोजनका लागि)रहेका छन् ।  

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 


Share this with your friends: