सेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न युनिलिभर नेपालको आग्रह

2021-09-05
सेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न युनिलिभर नेपालको आग्रह

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले सेयर अभौतिकीकरण गरी आफ्नो हितग्राही खातामा बैंक खाता उल्लेख गरी अद्यावधिक गर्न आफ्ना सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले गत वर्षजस्तै यो वर्ष पनि नगद लाभांस सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा इन्टर बैंक पेममेन्ट सिस्टममार्फत भुक्तानी गर्ने हुँदा सेयरधनीहरुलाई आफ्नो हितग्राही खाता अद्यावधिक गर्न आग्रह गरेको जनाएको हो ।   

सेयरधनीहरुले सेयर अभौतिकीकरण गरी हितग्राही खाता खोलेपश्चातमात्रै लाभांस रकम प्राप्त हुने भएकाले हितग्राही खाता नभएका सेयरधनीहरुले सेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेड कमलपोखरी काठमाण्डौ वा अन्य कुनैपनि निक्षेप सदस्यमा सम्पर्क राखि हितग्राही खाता खोल्न आग्रह गरेको छ । 


Share this with your friends: