स्वस्तिक लघुवित्तद्वारा विशेष साधारण सभा आह्वान

2021-05-09
 स्वस्तिक लघुवित्तद्वारा विशेष साधारण सभा आह्वान

काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा डाकेको छ । संस्थाको गत वैशाख २३ गतेृ बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो । 

बैठकले आगामी जेठ ११ गते सोमबारका दिन सिरहास्थित होटल लेमानमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा स्वस्तिक लघुवित्त र समाज लघुवित्त एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल गरी मर्जर सम्बन्धि सूम्पूर्ण काम कारबाहीका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै  मर्जरपश्चात सेयरपूँजी संरचना लगायतका अन्य पारित भएका विषयहरुमा नियमनकारी निकायहरुबाट कुनै संसोधन, फेरबदल, थवघट गर्न निर्देशन भएमा सोहि बमोजिम संस्थाको प्रबन्धपत्र तथा  नियमावलीमा संसोधन÷परिमार्जन तथा थपघट लगायतका सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।     


Share this with your friends: