स्वाभिमान लघुवित्तको सेयरमूल्य समायोजन

2021-02-12
स्वाभिमान लघुवित्तको सेयरमूल्य समायोजन

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेप्सेले संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। 

संस्थाद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित २० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता सेयरको मूल्य २३३३ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता २७९९ रुपैयाँ कायम थियो।

संस्थाको सञ्चालक समितिको बैठकले गत आ.व का लागि २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांस गरी कुल २१.०५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको थियो। संस्थाद्वारा प्रस्तावित कुल लाभांसमा २०७७ असार मसान्तसम्म कायम चुक्तापूँजी ७ करोड ६७ लाख ७ हजार ६४० रुपैयाँको २० प्रतिशतले हुन आउने १ करोड ५३ लाख ४२ हजार ३६० रुपैयाँ बराबरको बोनस सेयर र १.०५ प्रतिशतले हुन आउने ८ लाख ७ हजार ४ सय ९२.६३ रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन् । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने छ। 

 


Share this with your friends: