स्वाभिमान लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न

2021-02-26
स्वाभिमान लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । हिजो(फागुन १३ गते) बुटवल स्थित डार्सिज इन्टरनेशनल होटलमा कम्पनीको चौथो वार्षिक साधारण(फागुन १३ गते) सम्पन्न भएको हो। संस्थाको गत माघ २० गते बसेको सञ्चालक समितिको बैठकले चौथौँ वार्षिक साधारण सभा डाकेको थियो। 

उक्त सभामा गत आ।व का लागि प्रस्तावित २० प्रतिशत बोनस सेयर र १।०५ प्रतिशत नगद लाभांस गरी कुल २१.०५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ। यस्तै संस्थाको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने र सोहि बमोजिम प्रबन्ध पत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिएको छ।  सभामा अन्य घ वर्गका वित्तीय संस्थासँग मर्जर वा प्राप्ति गर्न र गराउन उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न सुझाव प्राप्त भएमा आवश्यकता अनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिएको छ।

यसैगरी सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ.व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित भएको छ। सभामा लेखापरीक्षणको प्रतिवेदन सहितको २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आ।व २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिएको छ। 
 

 


Share this with your friends: