काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको आज(असोज १७ गते)बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले २०७८ असार मसान्तसम्म कायम चुक्तापूँजीको ३२.३० प्रतिशत बोनस सेयर र १.७० प्रतिशत नगद लाभांस गरी कुल ३४ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांसमा २०७८ असार समान्तसम्म कायम चुक्तापूँजी ९ करोड २० लाख ५० हजार रुपैयाँको ३२.३० प्रतिशतले हुन आउने २ करोड ९७ लाख ३२ हजार १५० रुपैयाँबराबरको बोनस सेयर र १.७० प्रतिशतले हुन आउने १५ लाख ६४ हजार ८५० रुपैयाँबराबरको नगद लाभांस रहेका छन् ।
यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।