स्वाभिमान लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

2021-12-01
स्वाभिमान लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले ५ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी पुस ८ गते बिहिबारका दिन रुपन्देहीमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा अपरान्ह १ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। 

उक्त सभामा गत आ.व का लागि प्रस्तावित ३२.३० प्रतिशत बोनस सेयर र  १.७० प्रतिशत नगद लाभांस गरी कुल ३४ प्रतिशत लाभांस वितरणको प्रस्तावरित गरिनेछ। यस्तै संस्थाको अधिकृत जारी तथा चुक्तापूँजी वृद्धि गर्ने र सोहि बमोजिम प्रबन्ध पत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।  सभामा अन्य घ वर्गका वित्तीय संस्थासँग मर्जर वा प्राप्ति गर्न र गराउन उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न सुझाव प्राप्त भएमा आवश्यकता अनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ।

यसैगरी सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ.व २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षणको प्रतिवेदन सहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आ.व २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि संस्थाले मंसिर २३  गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। 


Share this with your friends: