स्वावलम्बन लघुवित्तको १.६२ कित्ता संस्थापक सेयर लिलामीमा

2022-01-19
स्वावलम्बन लघुवित्तको १.६२ कित्ता संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नबिल बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखेको छ । बैंकले स्वावलम्बन लघुवित्तको १ लाख ६२ हजार ४९८ कित्ता संस्थापक सेयर आज(माघ ५ गते)देखि लिलामीमा राखेको हो । 

यो लिलामीमा सेयरमा विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति,संस्था र कम्पनीहरुले बोलपत्र आवेदन पेस गर्नसक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६५० रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनपर्ने भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

इच्छुक लगानीकर्ताहरुले माघ १८ गतेभित्र बोलपत्र आवेदन पेस गर्नुपर्नेछ ।   


Share this with your friends: