हकप्रद प्रयोजनार्थ नेपाल फाइनान्सको सेयरमूल्य समायोजन

2020-10-22
हकप्रद प्रयोजनार्थ नेपाल फाइनान्सको सेयरमूल्य समायोजन

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। हकप्रद निष्कासन प्रयोजनार्थ आज(बिहीबार) कम्पनीको सेयरमूल्य समायोजन गरिएको हो। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेपाल फाइनान्सले निष्कासन गर्न लागेको १ः१.२५ अनुपातको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार यो फाइनान्सको प्रतिकित्ता १८९ रुपैयाँ कायम भएको छ।

कम्पनीको गत असोज १८ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको अनुमति पाएको थियो। मूल्य समायोजन पश्चात अब कम्पनीले १०० रुपैयाँ अंकित दरका १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँबराबरको हकप्रद निष्कासन गर्नेछ। 

हकप्रद निष्कासनका लागि कम्पनीले आज (कात्तिक ६ गते) एक दिनका लागि बुक क्लोज गरेको छ।   

 


Share this with your friends: