हकप्रदका लागि एचआईडीसीएलद्वारा बुक क्लोज मिति तय, कहिलेसम्म बन्ने सेयरधनी ?

2021-05-31
हकप्रदका लागि एचआईडीसीएलद्वारा बुक क्लोज मिति तय, कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाण्डौ । हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेड(एचआईडीसीएल)ले हकप्रद निष्कासनका बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि आगामी जेठ २८ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेको हो । 

यसर्थ जेठ २७ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् । कम्पनीले चुक्तापूँजी ११ अर्ब रुपैयाँको १ः१(एक बराबर एक) हकप्रद सेयर निष्कासन गर्नेछ ।

कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट गत जेठ ९ गते ११ करोड कित्ता हकप्रद अर्थात अर्थात कायम चुक्तापूँजी ११ अर्ब रुपैयाँको १ः१(एक बराबर एक) हकप्रद सेयर निष्कासनको अनुमति प्राप्त गरेको थियो ।


Share this with your friends: