हकप्रद निष्कासनका लागि नारायणी डेभलपमेन्ट बैंकद्वारा बुक क्लोज मिति तय

2021-12-01
हकप्रद निष्कासनका लागि नारायणी डेभलपमेन्ट बैंकद्वारा बुक क्लोज मिति तय

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद निष्कासनका बुक क्लोजको मिति तय गरेको छ । बैंकको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनका लागि आगामी मंसिर २४ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेको हो । 

यसर्थ मंसिर २३ गतेसम्म कायम सेयरधनीहरुमात्रै बैंकद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् । बैंकले चुक्तापूँजीको १ः१(एक बराबर एक)अनुपातमा हकप्रद सेयर निष्कासन गर्नेछ ।

बैंकले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट गत मंसिर ३ गते हकप्रद निष्कासनको अनुमति प्राप्त गरेको थियो । बोर्डले बैंकलाई चुक्तापूँजी १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँको १ः१(एक बराबर एक) हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेको हो।


Share this with your friends: