हकप्रद निष्कासनका लागि आइएमई जनरल इन्स्योरेन्सद्वारा बुक क्लोज मिति तय

2022-02-04
हकप्रद निष्कासनका लागि आइएमई जनरल इन्स्योरेन्सद्वारा बुक क्लोज मिति तय

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि आगामी फागुन १ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेको हो । 

यसर्थ माघ २८ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुने कम्पनीले जनाएको छ । कम्पनीले १०ः४ अनुपातमा ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । 

कम्पनीको गत वैशाख १२ गते सम्पन्न २३ औँ वार्षिक साधारणसभा बाट चुक्तापुँजीको ४० प्रतिशत हकप्रद निष्कासन गर्ने मुख्य अजेन्डा पारित गरिएको थियो । 
कम्पनीले बोनससेयर वितरणपशचात कायम चुक्तापुँजीको ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख रुपैयाँको हकप्रद सेयर जारी गर्नेछ। हकप्रद जारीपश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ। 


Share this with your friends: